Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
अर्को राम्रो हाइड्रोपावरले ठुलो परिमाणमा आईपीओ निष्कासन गर्दै – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

अर्को राम्रो हाइड्रोपावरले ठुलो परिमाणमा आईपीओ निष्कासन गर्दै

असोज २२ काठमाण्डौ,  लोअर इर्खुवा हाइड्रोपावरले साधारण (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनी जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत कविचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीको अधिकृत पुँजी ९० करोड, जारी पुँजी ७० करोड र चुक्ता पुँजी ४९ करोड रहेको छ । आईपीओ निष्कासनपश्चात यसको पुँजी ७० करोड पुग्नेछ ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष् छ ।

साथमा-नेपालको अर्थतन्त्र चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । को´भि´ड को खोप लगाउने प्रक्रियामा भारी वृद्धि, वैदेशिक रोजगारी जाने क्रम सुचारु हुनु र पर्यटनमा विस्तारै लयमा फर्किएकाले सो वृद्धि दर कायम हुने विश्व बैंकको पछिल्लो ‘साउथ एसिया इकोनोमिक फोकस’मा उल्लेख छ ।

एसियाली विकास बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले भने चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतमा रहने अनुमान गरेको छ ।

यस वर्ष प्रभा’वका’री खोप व्यवस्थापन र सामाजिक दुरी सहित आर्थिक गतिविधिमा भएको फैलावटले नेपालको अर्थतन्त्र तंग्रिने अवस्थाको निर्धारण गर्ने गर्दछन् । को´भिडको कारण लक´डा´उनले गर्दा डिटिजल सेवामा अत्यन्त वृद्धि भएको छ । विद्युतीय भुक्तानीको कारोबार दोहोरो अंकमा वृद्धि भएको छ ।

समग्रमा सेवा क्षेत्रमा भएको वृद्धिले नेपालको अर्थतन्त्र नेपालको अर्थतन्त्र तंग्रिन सघाउ पुग्ने विश्वास विश्व बैंकले लिएको छ । यद्यपि प्राकृतिक प्र’कोप, मौसम परिवर्तन र पूर्वाचार विकासमा ठूलो ग्यापका कारण रोजगार सिर्जनामा कमी जस्ता व्यवधान कायम नै छ ।

को’भि’डको अस’रमा न्युनिकरण हुँदै जाँदा दक्षिण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा विस्तारै सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ । विश्व बैंकको अध्ययनले सन् २०२ र २०२२ मा दक्षिण एसियाली राष्ट्रहरुको संयुक्त आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपाण गरिएको छ । सन् २०२० को को´रोना प्रभा´वित समयको अत्यन्त न्यून विन्दुको आधारमा सन् २०२१ र २०२२ को वृद्धिलाई बलियो मान्नुपर्छ ।

२०२०–२३ सम्मको दक्षिण एसियाको वार्षिक आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने विश्व बैंकले अनुमान गरेको छ । को’रो’नाले अर्थतन्त्रमा प्र’भाव पार्नु अघि विश्व बैंकले गरेको प्रक्षेपण भन्दा यो दर ३ प्रतिशतले कम हो ।

‘म’हा’मा’रीले धेरै देशहरुलाई संक’टबाट पाठ सिकेर अर्थतन्त्रलाई पुनस्र्थापना गर्ने अवसर दिएको छ ।’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक फरिस हडाड जर्भोसले भने । ‘नेपालले हालै काठमाडौ घोषणामार्फत देशको हरित, लचिलो र समावेशी विकासलाई सरकार र विकास साझेदारहरुको संयुक्त प्रतिबद्धताको रुपमा स्वीकार गरेको छ ।

निजी क्षेत्रलाई हरित लगानीको माध्यमबाट परिचालन गर्ने र साना तथा मझौला उद्यमहरुको लागी सेवा क्षेत्रमा रोजगारीे बृद्धिको संभावना नेपालको रणनीतिको महत्वपूर्ण हिस्सा हो ।’–उनले भने ।

को’भि’ड १९ ले यस क्षेत्रको अर्थतन्त्रमा ठूलो धक्का पु¥याएको छ । धेरै देशमा वैदेशिक लगानी कम भित्रिनु, वितरण प्रणाली अवरु’द्ध हुनु जस्ता कारणले देशको ऋणको मात्रालाई तुलनात्मक रुपमा वृद्धि गरिदिएको छ । महामारीका कारण दक्षिण एसिया क्षेत्रमा ४ करोड ८० लाख देखि ५ करोड ९० लाख जनसंख्या गरिब हुने प्रक्षेपण छ ।

विश्व बैंकले यस क्षेत्रका देशहरुले आफ्नो दीर्घकालीन विकास मोडलका बारेमा पुनरर्विचार गर्नुपर्नेमा जोड दिएको छ । नयाँ डिजिटल प्रविधिहरुको आगमनसँगै दक्षिण एसियाले परम्परागत उत्पादन निर्धारित आर्थिक मोडलबाट विस्तारै सम्भावना बोकेको सेवा क्षेत्रमा केन्द्रित हुनुपर्छ ।

यस क्षेत्रको अर्थव्यवस्थामा सेवा क्षेत्रको भूमिका विस्तारै बढ्दै गइरहेको छ । अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोगले सेवा क्षेत्र व्यापक बन्दै उत्पादन र उत्पादकत्व बढाउन समेत सहयोग गर्नेछ ।

विश्व बैंकको प्रक्षेपणअनुसार दक्षिण एसियामा २०२२ मा सबैभन्दा बढी आर्थिक वृद्धि माल्दिभ्सको हुनेछ । माल्दिभ्सले ११ प्रतिशतको आर्थिक वृद्धि गर्ने अनुमान छ । सबैभन्दा कम आर्थिक वृद्धि भने श्रीलंकाको हुनेछ ।

श्रीलंकाले २.१ प्रतिशतले मात्र आर्थिक वृद्धि गर्नेछ । २०२२ मा माल्दिभ्सपछि भारतको वृद्धि दर ७.५ प्रतिशत हुनेछ । त्यस्तै सन् २०२२ मा बंगलादेशको ६.४ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । नेपाल, भुटान र पाकिस्तानको आर्थिक वृद्धि दर भने ३ प्रतिशतकै हारहारी हुने विश्व बैंकको अनुमान छ ।

विश्व बैंंकका अनुसार सन् २०२२ मा भुटानको ३.६ प्रतिशत, पाकिस्तान ३.४ प्रतिशत र नेपालको ३.९ प्रतिशतको आर्थिक वृद्धि हुनेछ । समग्र दक्षिण एसियाको आर्थिक वृद्धि दर भने ७.१ प्रतिशतले वृद्धि हुनेछ ।

सन् २०२० मा दक्षिण एसियाका प्रायः सबै देशहरुको आर्थिक वृद्धि दर ऋणात्मक थियो । २०२० को शुरुवातसँगै कोरोना महाहारीको संक्रमण फैलिदा विशेषगरी पर्यटनमा पूर्ण निर्भर राष्ट्रहरुको अर्थतन्त्रमा व्यापक असर परेको थियो ।

शत प्रतिशत जस्तै पर्यटनमा निर्भर रहेको माल्दिभ्सको वृद्धि दर सन् २०२० मा ३३.६ प्रतिशतले घटेको थियो भने भारतको अर्थतन्त्र ७.३ प्रतिशतले नकारात्मक भएको थियो । को´रोना महा´मा´रीकै बेला पनि बंगलादेशको अर्थतन्त्र भने साढे ३ प्रतिशतले वृद्धि भएको थियो ।

बंगलादेशबाहेक सबै दक्षिण एसियाली देशहरुको अर्थतन्त्र नकारा´त्मक रहेको थियो ।नेपालको पनि २.१ प्रतिशतले आर्थिक वृद्धिदर ऋणा´त्मक रहेको थियो ।

Leave a Reply

Your email address will not be published.