Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षक पदका लागि आवेदन माग ( पुरा विवरण सहित ) – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षक पदका लागि आवेदन माग ( पुरा विवरण सहित )

असोज २२ काठमाडाैं । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षक पदका लागि आवेदन माग गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत साता रिक्त शिक्षक दरबन्दीको फेहरिस्त शिक्षक सेवा आयोगलाई पठाएको छ । आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि केन्द्रसँग सो सङ्ख्या माग गरेको थियो । केन्द्रका अनुसार १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएको छ । केन्द्र सूत्रका अनुसार प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको छ ।

यसैगरी केन्द्रले शिक्षक बढुवाका लागि पनि विवरण आयोगमा पठाएको छ ।केन्द्रका अनुसार प्राथमिक तह पहिलो श्रेणीका लागि ४५२ पद र प्राथमिक तह द्वितीय श्रेणीका लागि एक हजार ६९३ पदमा बढुवा गरिनेछ । त्यस्तै निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १२४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४८४ जना शिक्षकको बढुवा गरिनेछ । यसैबीच शिक्षक सेवा आयोगका अध्यक्ष मधु रेग्मीले सञ्चारमाध्यमका आएका समाचारहरु गलत भएको दावी गरेका छन् ।

प्रधानमन्त्रीबाट आयोगलाई दवाव आएको लगायतका आयोगसँग सम्बन्धित समाचारहरु गलत रहेको उनले दावी गरे । पछिल्लो समयमा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा लिएर त्यसको नतिजा सार्वजनिक भएपछिमात्र स्थायी पदपूर्ति गर्नुपर्ने भन्ने विद्यार्थीहरुको भनाइ रहँदै आएको छ भने विगतमा स्थायी अध्यापन अनुमति लिएर खुला प्रतिस्पर्धाको प्रतीक्षामा लामो समयदेखि रहँदै आएकाहरुले पहिले स्थायी पदपूर्तिका लागि आवेदन माग गर्नुपर्ने माग राख्दै आएका छन् ।आयोगका अध्यक्ष रेग्मीले पहिले शिक्षक पदका लागि खुला पदपूर्ति गर्ने वा स्थायी अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने भन्नेमा आयोग कुनै निर्णयमा नपुगेको बताउँदै भने, “यस बारेमा छलफल भइरहेको छ । कुनै निर्णय भएको छैन । निर्णय भएपछि जानकारी गराउने छौँ ।” उनले आवेदन आह्वान दशैँ अगावै गर्ने भन्नेमा अहिले नै बताउन नसकिने स्पष्ट पारे ।

साथ-साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व न´ष्ट हुन सक्छ ।यो उपयोगी रायोको सागका फाइदा थाहा पाउनुहोस् : रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । र´तन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।

रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ । रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता स´मस्या हुन्छ ।

रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ । जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने सम´स्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ। रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रु´घाखो´की लागिरहने मानिसले रायोको साग खानुपर्छ । रायोले पि´साबनलीमा हुने पत्थ´रीलाई कम गर्छ । रायोको साग नियमित खाँदा क्या´न्सरको जो´खिमलाई कम गर्दछ ।

Leave a Reply

Your email address will not be published.