Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
जीवन लघुवित्तजस्तै राम्रो लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्दै , कहिले होला निष्कासन ? – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

जीवन लघुवित्तजस्तै राम्रो लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्दै , कहिले होला निष्कासन ?

असोज २२ काठमान्डौ , उपकार लघुवित्त वित्तीय संस्था १ लाख २६ हजार कित्ता निष्कासन गर्ने भएको छ । उक्त कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले १ करोड २६ लाख बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरको १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर जारी गर्न कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले आईआर बीबी रेटिङ प्रदान गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दिएको अनुसार कम्पनीले समयमा दायित्त पुरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन ( आईपीओ ) को निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ नियुक्त भएको छ । कम्पनीको केन्द्रीय कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ । साथमा -मध्यभोटेकोसी जलविद्युत कम्पनीले भोलि देखि ( असोज २० ) गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ ।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कुल ९ ० लाख कित्ता अर्थात ९ ० करोड रुपैयाँको आइपिओ खुल्नेछ ।

त्यसमध्ये मध्यभोटेकोसी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ । त्यस्तै म्यूचुअल फण्डहरुका लागि ४ लाख ५० हजार कित्त बाँकी ८१ लाख ९ ० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । यसैबीच कम्पनीले आयोजना प्रभावित र जिल्लाबासीका लागि यसअघि खुलाइएको आइपिओ आज बाँडफाँड गरिएको छ ।

मध्यभोटेकोसी गाउँपालिका वडा नं . १ र ५ , बाह्रबीसे नगरपालिका वडा नम्बर ५ , ६ , ७ र ८ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि १८ लाख कित्ता सेयर बाँडफाँड भएको छ ।५० देखि ४ सय कित्तासम्मका लागि आवेदन दिने प्रभावितमध्ये १२ हजार ९ ८ जनाले ५० देखि १८० कित्तासम्म पाएका छन् । त्यस्तै १ ९ ० देखि ४ सयसम्म आवेदन दिएका तीमध्येकै २ हजार ३१३ जनाले ३१३ जनाले थप १० कित्ताका दरले अर्थात १ ९ ० कित्ताका दरले पाएका छन् ।

र प्रभावितबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि ४२ लाख कित्ता सेयर बाँडफाँड भएको छ । १० देखि ४ सय कित्तासम्म आवेदन दिने ९ ४ हजार ८६५ जनाले १० देखि ४० कित्तासम्म पाएका छन् । त्यसपछि ५० देखि ४ सयसम्म आवेदन दिनेमध्येबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले अर्थात ५० कित्ताका दरले सेयर पाएका छन् ।

Leave a Reply

Your email address will not be published.