Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
भार थाम्ने राजा नहुँदा देशको हालत झन् झन् बिग्रदै गयो : पल शाह – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

भार थाम्ने राजा नहुँदा देशको हालत झन् झन् बिग्रदै गयो : पल शाह

असोज २२ काठमान्डौ,  पत्रकार प्रकाश सुवेदी भनेपछि केहीवर्ष देखि नेपाली चलचित्र जगतका नायक-नायिकाहरुको सातो जाने गरेको छ। रजतपट मात्र चलाउने सुवेदीले आजकल ‘ग्ल्यामर गफ’ भन्ने टक शो चलाउँछन उक्त टकशोमा बोलेका कारणले धेरै नायक-नायिका विवादमा तानिए। सुबेदी शोमा ‘धर्म संकट’ नामक खेल खेलाउँछन्। त्यो खेल माछा मार्न जल्हारी दाईले तिहारी थापे जस्तो छ। जहाँ मै हुँ भन्ने जो कोही पनि फस्छ।तर त्यहिँ खेलमा अहिलेका चलेका नायक पल शाहले ‘बोल्ड’ अभिव्यक्ति दिएका छन्। अहिलेका नेताहरुले बोल्न नसकेको सत्य शाहले मजाले बताइदिएका छन्।

शाहले अहिलेको राजनीतिबारे गरेको टिप्पणी हेर्दा उनी साच्चै चर्चाको शिखरमा पुग्नु पर्ने नायकको रुपमा सर्वसाधारणले बुझ्ने छन, अहिले शाहको चर्चा पनि बढेको छ। कहिले कोरोना कहर बीच गरिब दुःखीलाई खाना खुवाउने देखि बाढी-पहिरो पिडि`तलाई सहयोग गर्न अग्र स्थानमा आउने नाम नै शाहको बनेको छ। त्यसैले पनि उनका हर अभिव्यक्तिले ठूलो जन समुदायलाई प्रभाव पार्छ,

शाहले गणतन्त्र, धर्म निरपेक्षता र संघियता नेपालको लागि अनावश्यक भएको टिप्पणी गरेका छन्। उनले नेपाल भनेको नै राजालाई घर मूली मानेर एकतावद्ध भएको समाज भएको बताउँदै राजा बिनाको देश अधुरो रहेको बताए। उनले ‘केपी बा आउ सरकार चलाउ’ भन्दा ‘राजा आउ देश बचाऊ ’को मान्यता राख्ने बताए। राजा र राष्ट्रबारे शाहको व्याख्या यस्तो थियो, ‘घरमा एक जना अभिभावक भयो भने उसको बच्चाहरु अनुशासनमा बस्छ।

१० जना परिवार छ १० जना नै अभिभावक छ भने भाड भैलो हुन्छ। जहाँ पनि त्यहिँ हो। त्यसैले हामीलाई एउटा अभिभावक चाहिन्छ। पहिले हाम्रो अभिभावक हुनुहुन्थ्यो। तर अहिले हुनु हुँदैन। त्यसैले त दुःख पाइरहेका छौ, शाहले भागवत गीतामा राजा भगवान विष्णुको अवतार हुने बताएकोले पनि राष्ट्रको विष्णुलाई गरिएको अपमानले नेपालीहरुले दुःख पाइरहेको बताए। शाहले भूमिको दुःखको भार बोक्ने विष्णु नै नहुँदा नेपालीजन कमजोर भएको बताए।

उनले भने, ‘राजा भनेको विष्णु भगवान हो। कसैले मानोस् न मानोस् तर हामीले सानै देखि मानि आएको कुरा हो त्यो। विष्णु भगवान नै नभएपछि देश कसरी चल्छ?’प्रश्न गरेकाछन, त्यसपछि सुबेदीले शाहलाई धर्म संकटमा पार्नको लागि अर्को अस्त्र फाले। उनले अहिलेका चर्चित नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्ये एक रोज्न आग्रह गरे। तर शाहले भने दुवैललाई रोज्ने किसिमको काम उनीहरुले नगरेको बताए

अघिल्लो लक´डाउन र अहिलेको लक´डाउनमा खाना वितरण गर्ने कार्यमा सक्रिय हुँदा सरकारको रबैया देखेको र त्यो देख्दा कोही पनि नेता रोज्न योग्य नभएको उनले बताए?, शाहले नेपाल धर्म निरपेक्ष हुनु हुँदैन भनेका छन्। सानै देखि हिन्दू राष्ट्र नेपालमा हुर्किएकोले अहिलेको देश र आफ्नो बाल्यकालको देशमा आकाश जमिनको अन्तर रहेको बताए,| उनले अहिले व्यक्तिव्यक्ति बीच द्वन्द रहेको बताउँदै नेपाल हिन्दूराष्ट्र हुँदा नै राम्रो भएको बताए। शाहले संघियताले देश सपार्छ जस्तो लागे पनि त्यो अहिलेसम्म नदेखिएको बताए। उनले संघियताले देश डुबाइरहेको पनि दाबी गरे।

Leave a Reply

Your email address will not be published.