Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
गा’जालाई वैध बनाएर देशको आर्थिक र स्वास्थ्य क्षेत्रमा कायापलट गर्ने मन्त्री खतिवडाको घोषणा ! – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

गा’जालाई वैध बनाएर देशको आर्थिक र स्वास्थ्य क्षेत्रमा कायापलट गर्ने मन्त्री खतिवडाको घोषणा !

असोज २३ काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नेपाल एकीकृत समाजवादीका नेता विरोध खतिवडाको काँधमा आएको छ । शुक्रबार साँझबाट उनले मन्त्रालयको जिम्मेवारी आफ्नो काँधमा लिएका हुन् ।bपटक पटक गरी चार पटक सांसद भएका, विभिन्न नीति निर्माण तहमा बसेर काम गरेका खतिवडाले यसबीचमा स्वास्थ्य सम्बन्धी थुप्रै नीति तथा कानुन निर्माण र संशोधन गर्न जरुरी देखिएकाले ति विषयलाई पनि किनारा लगाएर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बाध्यतामा छन्।

निजी स्वास्थ्य क्षेत्रमा देखिएको व्यथिति र सरकारी क्षेत्रमा देखिएको लापरवाहीका कारण सर्वसाधारण सास्ती खेपिरहेका बेला खतिवडाले पाएको जिम्मेवारीलाई विशेष अर्थमा ब्याख्या गरिएको छ। त्यतिमात्र होइन उनले पटक पटक उठाउँदै आएको अवैध मानिएको गाँ जा लाई बैध बनाउनुपर्ने मागलाई कुन रुपमा सम्बोधन गर्छन् त्यो पनि प्रतिक्षाको विषय बनेको छ। नेपाल सरकारका पूर्वसचिब भीम उपाध्ययले खतिवडाले गाँ जा लाई बैधानिक दिन कति सक्षम रहलान भन्ने प्रश्न नै उठाएका छन्।

उपाध्ययले लेखेका छन्, ‘गाँ जा लाई वैध बनाउने काममा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ठूलो छ। बिरोध खतिवडा गाँ जा लाई वैध बनाउनुपर्छ भन्ने धारणा र माग राख्ने सांसद हुन्। संसदमा गाँ जा वैध गरिनुपर्छ भनेर संकल्प प्रस्ताव यिनले नै दर्ता गराईसकेका हुन्। अब गाँ जा वैधानिकरणमा केही न केही प्रगति अवश्य हुनेछ। मेरो अग्रिम शुभकामना।’ शुक्रबार पदभार ग्रहणलगत्तै उनले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने र अनियमितता, भ्रष्टाचारलगायतका कुराहरुलाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेपछि गाँ जा लाई बैध गराउलान भन्ने प्रश्न पनि उब्जिएको छ।

राष्ट्रसंघीय नियोगले गाँ जा औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरेपछि केही सहज त होला तर नेपालमा यसलाई बैधानिकता दिन भने त्यति सजिलो छैन्। अब निर्णायक तहमा पुगेका खतिवडाले गाँजाको विषयमा कस्तो अडान लिन्छन् त्यो हेर्न बाँकी छ। पश्चिमी देशहरुको दबाबमा गाँ जा खेती र बिक्रीलाई गैरकानुनी बनाएको बताउँदै खतिवडाले गाँ जा बाट मुलुकले आर्थिक उपार्जन गर्नसक्ने बताउँदै आएका छन्। दुई बर्षअघि ४५ जना सांसदहरुको समर्थनमा नेपालमा गाँजा तथा भाङलाई ला गुऔ षधको श्रेणीबाट हटाउन माग गर्दै खतिवडा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।

Leave a Reply

Your email address will not be published.