Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
यस्तो बेलामा MCC पास गराउन खोज्ने नेताहरु कुनै हालतमा नेपाली हुनै सक्दैनन् : पूर्व सेनापति कटवाल – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

यस्तो बेलामा MCC पास गराउन खोज्ने नेताहरु कुनै हालतमा नेपाली हुनै सक्दैनन् : पूर्व सेनापति कटवाल

असोज २५ काठमान्डौ | पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए हाम्रो स्वाभिमान चकनाचुर हुने जिकिर गरेका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् । म फेरि भन्छु,एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् । एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनुपर्ने भन्दै उनले जस्ताको तस्तै

पारित गराउन खोज्नेहरू नेताहरु नेपाली हुनै नसक्ने उनको जिकिर छ ।‘यस्तो हालतमा एमसीसी पास गराउन खोज्ने नेताहरु नेपाली हुनै सक्दैनन् उनको भनाइ छ,नेपाली हुँ भनेर गौरव गर्ने स्वाभिमानी सम्पूर्ण नेपालीहरुले घोर विरोध गर्नैपर्छ । कुनै पनि हिसाबले यही हालतमा एमसीसी पास हुन दिनुहुँदैन । आफ्नै पालमा सम्झौता भएको एमसीसी संसदबाट अनुमोदन कार्यान्वयनमा लगाउने पक्षमा देउवा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केन गत साउन १२ गते टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीसहित दुई पक्षीय हितमा कुराकानी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.