Notice: Undefined variable: open_graphite_head in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/open-graphite/_open_graphite.php on line 590
घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार – Media News Khabar
Notice: Undefined variable: post_id in /home/mediaonl/medianewskhabar.com/wp-content/plugins/facebook-thumb-fixer/output-logic.php on line 4

घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार

माघ २, काठमाडौं । अन्तरराष्ट्रिय बजारमै घरजग्गा कारोबारमा मन्दी आइरहेको बेला नेपालमा पनि घरजग्गा बजार ओरालो लागेको छ ।

घरजग्गाको सर्वाधिक कारोबार हुने महीनामै कारोबार घटेपछि नेपाली बजारमा पनि मन्दी लागेको हो की भन्ने आशंका उब्जाएको घरजग्गा व्यवसायीहरुले बताएका छन् ।

मंसिरको तुलनामा पुसमा घरजग्गा कारोबारबाट आउने राजस्व ४० करोड रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । मंसिरमा ७ अर्ब रुपैयाँ राजस्व उठेकोमा पुसमा ६ अर्ब ६० करोड रुपैयाँ मात्रै संकलन भएको हो । कारोबार संख्या भने मंसिर र पुसमा समान ७० हजार हाराहारी रहेको छ ।

गत वर्षको मंसिर/पुसमा भने मासिक ७५ देखि ८० हजार हाराहारी घरजग्गा किनबेच र करीब १० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सर्वाधिक घरजग्गा कारोबार हुने पूर्वी सहर इनरुवामा पुसमा जम्मा २ हजार मात्रै घरजग्गा किनबेच भएका छन् । जवकी विगतमा यहाँ मासिक ४/५ हजारसम्म घरजग्गा किनबेच हुने गरेका थिए ।

मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुरलगायतका ठाउँमा पनि पुसमा १५/१६ सयभन्दा धेरै घरजग्गा किनबेच हुन सकेनन् ।

एक हजार भन्दा बढी घरजग्गा किनबेच गर्ने कार्यालयको संख्या एक दर्जन भन्दा कम रहेको छ । झापा, विराटनगर, बेलबारी, जनकपुर, लगनखेल, भक्तपुर, चितवन, नेपालगञ्ज लगायतका कार्यालयले मात्रै एक हजार भन्दा धेरै घरजग्गा किनबेच गराएका छन् । विगतमा यी कार्यालयको कारोबार संख्या २/३ हजारभन्दा धेरै हुने गरेको थियो ।

बैंकिङ क्षेत्रमा तरलता अभाव कायमै रहेकाले घरजग्गाको कारोबार बढ्न नसकेको व्यवसायीहरुले बताएका छन् ।

‘विगत ३/४ महीनादेखिनै घरजग्गा कारोबार सुस्ताएको छ । व्यवसायीले ५ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर बढेर १२/१३ प्रतिशत पुगिसकेको छ ।’ घरजग्गा व्यवसायी दिनेशलाल चुकेले भने, ‘यति लामो समय सम्म कारोबारमा मन्दी आयपछि नेपालमा पनि घरजग्गा क्षेत्रमा अन्तर्राष्ट्रिय बजारको जस्तै मन्दी आएको हो की भन्ने आशंका छ ।’

विगतमा उपत्यका बाहिर इनरुवा, विराटनगर, चितवन, पोखरालगायतका सहरमा कम्तिमा १० करोड रुपैयाँ बढी राजस्व आउने गरेकोमा पुसमा भने चितवन र पोखरामा मात्रै १० करोड रुपैयाँभन्दा बढी राजस्व आएको छ । यी बाहेक उपत्यका बाहिरका कुनैपनि कार्यालयले पुस महीनामा ८ करोड रुपैयाँ भन्दा धेरै राजस्व संकलन गर्न सकेनन् ।

उपत्यमा पनि ५० करोड बढी राजस्व संकलन गर्ने लगनखेलको राजस्व ३७ करोडमा झरेको छ । लगनखेलकै हाराहारी राजस्व संकलन गर्ने डिल्लीबजार मालपोत कार्यालयले पनि ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published.