विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा यादवको चलखेल

दिपु मिश्र । रौतहट,२९बैशाख । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख रामअयोध्या राय यादवले आर्थिक चलखेलमा सक्रिय रहेको पाइएको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित साह ट्रेडर्सले बिद्युतको एक लाख ५० हजार रुपैयाँ नतिर्दा समेत विद्युत लाईन जडान गरेपछि आर्थिक चलखेलमा प्रमुख यादव मुझिएका हुन् । गरिब निमुखा ग्राहकको २० हजार बाँकि रहँदा पनि बिद्युत प्रधिकरणका कर्मचारीहरुले मिटर खोलेर ल्याउने गरेका छन् ।

तर १ लाख ५० हजार बाँकी हँुदा समेत नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख यादवले आर्थिक चलखेल गरेकै कारण लाईन जोड्न आदेश दिएको बिद्युत प्राधिकरणकै एक जना कर्मचारीले बताउँछन्म घरबेटि प्रबेज अन्जुमले २ महिना अगाडि नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा बिजुली काट्नको लागि निबेदन दिएपछि बिद्युतका प्रमुख यादबले आर्थिक चलखेलकै कारण बिजुली नकाटेको स्रोतले जानकारी दिएको हो । प्राधिकरण स्रोतका अनुसार,साह ट्रेडर्सले रकम बक्यौता भएपछि प्राधिकरणले लाईन एकाध दिन काटेको थियो । तर प्रमुख यादवले आर्थिक लाभमा परेर फेरी विद्युत लाईन सुचार गराएका हुन । चन्द्रनिगाहपुर प्राधिरकरणमा मासिक २० हजार रुपैयाँ दिने शर्तमा लाईन जडान गरिएको जनाईएको छ । बक्यौता रकम तिर्न सम्वन्धित ब्यक्ति काउन्टरमा गएको र आफुलाई जानकारी नभएको जनाँउदै प्राधिकरण प्रमुख यादवले यस सम्वन्धमा जानकारी लिने बताए । प्रमुख यादव चन्द्रनिगाहपुरको विद्युत प्राधिकरण प्रमुख भएपछि विवादित हुँदै आएका छन् । कर्मचारी बृतमै प्रमुख यादव आलोचित र भ्रष्ट छवि भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *