विपन्न वर्गकाे उपचार देखि शिक्षा सम्मकाे सहयोगमा सक्रियः अभियानता लामिछाने

निगरानी ब्युराे,चितवन,जेष्ठ २ ‘मान्छे जति धनी भए पनि मृत्युलाई किनेर बाँच्न सक्दैन, त्यसैले बाँचुञ्जेल धनी भएर होइन, खुसी भएर बाँच्न चाहन्छु’, सामाजिक अभियन्ता सागर लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस हो यो ।‘हुने बिरुवाकाे चिल्लाे पात’ भने जस्तै सानाे उमेर देखि निकै चनचले स्वावभ सामाजिक अभियन्ता सागर लामिछानेले सबैका आँखाका नानि जस्तै छन्।सामाजिक अभियान र सरकार भनेको एक अर्काका परिपूरक हुनुपर्छ। किनभने सामाजिक अभियन्ताहरु जति छन् देशभरी उनीहरुले नै सरकारलाई समर्थन गर्ने हो। नेपालमा अहिले फरक भएको छ।

सामाजिक अभियानता भनेको सरकारको विरोध गर्ने वा माइतीघरमा जाने अथवा देशका मुख्य मुख्य शहरका चोक–चोकमा सरकार विरुद्ध आन्दोलन गर्ने। यस्तो प्रवृत्तीचाहिँ अहिले बृद्धि भएको छ। तर, मैले बुझ्ने सामाजिक अभियान भनेको चाहिँ समाजलाई माथि ल्याउन खोज्ने र समाजमा नयाँ अभियान ल्याउने हो।उनले हुँदाखानेहरुको मनभित्र आफ्नो खुसी खोजिरहेका छन् । लामिछानेले आफूले कमाएको केही हिस्सा विपन्न तथा गरिब समुदायका लागि खर्च गर्दै आएका छन् । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका बालबालिकालाई शैक्षिक सहयोगदेखि पैसा नभएर मृत्युको मुखमा पुगेका मानिसहरुलाई उपचारका लागि सहयोग गर्दै आएका छन् ।कालिका नगरपालिका वडा नं ५ जंगलछेउको सुकुमबासी बस्तीका अति विपन्न २२ परिवारलाई शनिवार खाद्यान्न सहित आवश्यक सहयोग गरिएको छ ।

निषेधाज्ञाका कारण भोकभोकै बस्न बाध्य उनीहरुलाई सामाजिक अभियन्ता सागर लामिछानेको पहलमा सहयोग जुटेको हो । सामाजिक अभियन्ता लामिछानेले सामाजिक सञ्जाल मार्फत संकटमा परेका २२ घरघुरीलाई सहयोग गर्न दाताहरु समक्ष याचना गरेका थिए ।सक्षम नेपालका प्रकाश थापा,रोजिना त्रिपाठी,गायम मिलन लामा,समाजसेवी सोमबहादुर खड्काका पहलमा जापानमा रहेका एम खड्काले उपलब्ध गराएको २२ बोरा चामल ,सञ्चारकर्मी सन्तोष देउजाले उपलब्ध गराएको ३० झुल,समाजसेवी भिम आचार्यले उपलब्ध गराएको ६ हजार बराबरको खाने तेल,महिला अधिकारकर्मी कल्पना पौडेलले उपलब्ध गराएको कपडा, अभियन्ता लामिछानेले उपलब्ध गराएको,तेल,खाजा, नुनहस्तान्तरण गरिएको थियो।अपाङ्गताको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाबीच तालमेल नमिल्दा हजार जनाभन्दा बढी अपाङ्गता परिचयपत्र लिनबाट वञ्चित रहेका छन् ।

विपन्न वर्गकाे उपचार देखि शिक्षा सम्मकाे सहयोगमा सक्रियः अभियानता लामिछाने: बारामा धेरै अपाङ्गता भएका व्यक्ति रहेको अपाङ्गको क्षेत्रमा काम गर्नेहरुको दाबी रहेको छ । तर महिला विकास कार्यालयबाट जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रदान गर्ने अपाङ्गता परिचयपत्र लिने अपाङ्गता भएकाको सङ्ख्या न्यून रहेको तीसँग सरोकार राख्नेहरुको भनाइ रहेको छ ।स्थानीयस्तरमा अपाङ्गताको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले पनि अपाङ्गता भएकाको सही तथ्याङ्क र परिचयपत्रको महत्व बुझाउन नसक्दा पनि समस्या भएको हो । अपाङ्गता भएकाको पक्षमा सरकारले अपाङ्गतामैत्री समाज निर्माण गर्दा सरकारी र गैरसरकारी संस्थाबीच सहकार्यमा केही कमजोरी भए तत्काल सच्चाएर काम गर्नुपर्ने देखिन्छ।सामाजिक अभियान र सरकार भनेको एक अर्काका परिपूरक हुनुपर्छ। किनभने सामाजिक अभियन्ताहरु जति छन् देशभरी उनीहरुले नै सरकारलाई समर्थन गर्ने हो। नेपालमा अहिले फरक भएको छ।

हुँदा खानेहरुको मनभित्र आफ्नो खुसी खोजिरहने सागर…जानकारी पाएको भोलिपल्टै व्हिल चेयर, खाद्यान्न र केही नगदका साथ समाजसेबी सोम बहादुर खड्कालाई लिएर लामिछाने सिमरा पुगेका हुन्। आमाले छाडेर गइन् अनि बाबाले पनि अर्कै बिहे गरेका रहेछन् ।हजुर आमाले हेर्दै थिइन तर, हजुर आमा पनि मानसिक रोगी छिन् । घरमा सबै अपाङ्गता भएका परिवारकाे दुःखमा साथ दिएका छन्ः सागर लामिछानेले। व्हिल चेयर, चामलऽ साबुन सरफ र केही नगद समेत सहयोग लियर १०० कि मि टाडाको यात्रामा होलि मनाउन छाडेर सिमरा सहयोग गर्न पुगेका हुन्।

विदेशमा रहेका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन विभिन्न प्रयत्नहरु गरेको आफूले प्रत्यक्ष देखेको भन्दै उनले आफ्नो क्षमताले भ्याएसम्म नेपालका सामुदायिक विद्यालयमा पनि केही न केही नमुना काम गरेर देखाउने बताए ।सामाजिक अभियन्ता लामिछानेले क्यान्सर, मिर्गाैला र ट्युमरलगायतका रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । ‘म अरुको खुसीमा आफ्नो खुसी देख्छु’, उनले भने, ‘मरेर के नै लानु छ र बाँचुञ्जेल सबैलाई सहयोग गरौँ भन्ने लाग्छ उनि भन्छन्।अभियन्ता लामिछानेले विद्यार्थीहरुलाई लक्षित गरी मनोरञ्जन तथा क्षमता विकास कक्षसहित स्कुल बस, डिजिटल बोर्ड, खेलमैदान र वृक्षरोपण, छात्रवृत्ति कोष स्थापना स्थापना गर्ने योजना बनाएर काम सुरु गरेका छन् ।

असहाय बालबालिकालाई आश्रित दिएका बालगृहहरुमा पनि उनले सहयोग गर्छन् । पछिल्लो समय लामिछानेले सुकुमबासी समुदायका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने काममा लागेका छन् ।उनले त्यो काम कालिका नगरपालिका वडा नं २ मा रहेको आधारभूत विद्यालय सहपुरबाट सुरु गरेका छन् । सो विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न समुदायका ६० जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरेर विद्यालयमा पूर्वाधार निर्माण र शिक्षण सिकाइलाई विकास गर्ने योजना बनाएका छन् ।उनले विद्यालयको मूलगेटमा दुर्व्यसनीविरुद्धका नाराहरु लेखेको डिजिटल बोर्ड राख्ने तयारी गरेका छन् । नेपालका अधिकांश सामुदायिक विद्यालयमा बनाउने गरी लामिछानेले सो विद्यालयबाट मनोरञ्जन तथा क्षमता विकास कक्षको सुरु गर्दैछन् ।

‘विदेशमा जस्तो बालबालिकाले खेल्दै सिक्दै गर्नेगरी सामुदायिक विद्यालयको एउटा कोठामा त्यस्तो कक्ष बनाउँदै छु’, उनले भने, ‘यसले विद्यार्थीको सञ्चार क्षमता बढाउनुका साथै बोल्ने कलाको समेत विकास गर्नेछ ।’विदेशमा रहेका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन विभिन्न प्रयत्नहरु गरेको आफूले प्रत्यक्ष देखेको भन्दै उनले आफ्नो क्षमताले भ्याएसम्म नेपालका सामुदायिक विद्यालयमा पनि केही न केही नमुना काम गरेर देखाउने बताए ।सामाजिक अभियन्ता लामिछानेले क्यान्सर, मिर्गाैला र ट्युमरलगायतका रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । ‘म अरुको खुसीमा आफ्नो खुसी देख्छु’, उनले भने, ‘मरेर के नै लानु छ र बाँचुञ्जेल सबैलाई सहयोग गरौँ भन्ने लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *