किन गरिन्छ साष्टांग प्रणाम ? यसको महत्व के हो ?

एजेन्सी | हिन्दूहरूमा प्रणामको आफ्नै महत्व छ। मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो।यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ । आठवटा अंगसहित गरिने प्रणाम भएकाले सा-षंग भनिएको हो ।यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन्। धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो ।

महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन । एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।आधुनिक मानिसलाई त यो आसन पुरानो रूढी मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकार त्यागलाई प्रतीक बनाउँछ। अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *