१९ बर्षे पाकिस्तानी आरोही कासिफले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं ।१९ बर्षे पाकिस्तानी आरोही सहरोज कासिफले सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले गत वैशाख २८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन । सफल आरोहणसँगै उनले राष्ट्रिय किर्तीमान समेत राखेका छन् । १९ बर्षको उमेरमा सगरमाथाको शिखरमा पाइला राख्दै पाकिस्तानी मध्ये कम उमेरमा विश्वको सर्वोच्च शिखर पुग्ने पहिलो नागरिक बन्दै उनले किर्तिमान राखेका हुन ।

सगरमाथाको सफल आरोहण पस्चात उनले खुशी हुँदै भने ‘म यो सफलताबाट निकै खुशी छु, आठ बर्ष अघि देखीको सोचले सार्थक रुप धारणको सन्दर्भलाई म बयान नै गर्न सक्दिन’ ।सगरमाथा चढ्ने सबैभन्दा कान्छा पाकिस्तानी सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताए । आरोही कासिफले सगरमाथाको सफल आरोहण पस्चात आफुले नेपालमा पाएको माया र सम्मान अनि पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समुहले पाएको सम्मानमा समानता रहेको पनि उल्लेख गरे ।कासिफ सेभेन समिट कम्पनी मार्फत सगरमाथा आरोहणमा सामेल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *