स्वर्गीय राजा वीरेन्द्रको शालीकमा माल्यापर्ण तथा श्रद्धाञ्जलि

काठमाडौँ ,जेठ १९ । राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ ।

१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो ।

हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।

यसैबीच स्वर्गीय राजा वीरेन्द्रको शालीकमा मल्यापर्ण तथा श्रद्धाञ्जलि गरि उनलाई स्मरण गरिएको छ । स्व.राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याएको योगदानलाई कदर गर्दै स्वर्गीय राजा विरेन्द्र शान्ति प्रतिष्ठानले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको हो ।

राजा वीरेन्द्रलाई गुमाउन पर्दा अधिकांश जनताको मन अझै पनि बिझाइ रहेको राजा विरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले बताए ।यता हत्या कसले र किन गर्‍यो भन्ने यकिन तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *