ज्याला मजदुरको साहारा बन्यो,साहारा महिला समाज र श्री जनसेवा सामुदायिक केन्द्र

काठमाडौं-कोरोना कहरको दोस्रो लहरसँगै दैनिक ज्यालादारी गरी खानेहरुका लागि साहरा महिला समाज केन्द्रिय कार्यालय र श्री जनसेवा सामुदायिक केन्द्र (CLC)को संयुक्त आयोजनामा दैनिक झन्डै ८०जनालाइ खाना खुवाउने गर्दै आएका छन् । उक्त अभियानमा गरीब पीडित संघले सह आयोजकका रुपमा सघाएको छ । लकडाउनसँगै संस्थाहरुले आपसमा रु ४८००० रकम जुटाएर उक्त सेवा प्रारम्भ गरेका हुन ।

कोही भोको बस्न नपरोस भनेर आफ्नै घरमा खाना पकाएर संबन्धितकोमा गएर दैनिक ११ बजे खाना खुवाउने गरेको साहारा महिला समाजकि केन्द्रीय अध्यक्ष बिना दाहालले बताईन् ।कलंकी,नैकाप,कालिमाटी र स्वयम्भूमा बस्ने मजदुरहरु लगायत काठमाडौं,ललितपुर भक्तपुरमा बस्ने कयौं परिवारलाई उनिहरुको डेरामै पुगेर सहयोग गर्दै आएको दाहालले बताईन् ।स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरुले समेत सहयोग गरेकोमा उनीहरु प्रती संस्थाले आभार प्रकट गरेको छ।भोकभोकै रहनुपर्ने अबस्थामा सिधै संस्थाकी अध्यक्ष बिना दाहालको सम्पर्क नम्बर ९८५१११७८५१मा फोन गर्न सक्ने जनाइएको छ । सहयोग गर्न चाहनेहरु पनि अभियानमा जोडिन सक्ने बताईएको छ ।

यस माहामारीमा जुध्न स्वास्थका सबै मापदण्डमा रहेर निरन्तर खटने साहारा महिला समाजकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष एलीसा सुवेदी,केन्द्रीय उपाध्यक्ष कृष्ण कुमारी खतिवडा,सदस्यहरु चन्द्र्कला रसाईली,सरीना गुरुङ र अनुपमा थापा रहेका छन । त्यसैगरि गरीब पीडित संघकी अध्यक्ष लक्ष्मी शाह,कोषाध्यक्ष राजुराम खकुरेल, सचिव शिव कार्की र सदस्य अम्बिका केसीले उल्लेख्य भुमिका खेलेको संस्थाबाट जानकारी प्राप्त भएको छ ।

उक्त कार्यमा सुरुवात देखिनै समाजसेवी प्रेम नम्साल र रत्नकाजी डगोलले बिशेष सहयोग पुर्याउदै आएको पनि खुल्न आएको छ । लकडाउन अवधिभर खाना खुवाउने तथा खाद्यान्न बितरणलाई निरन्तरता दिदै जाने दाहालले बताउँछिन् । २०६२ साल देखि अनवरत रुपमा सामाजिक कार्यमा समर्पित संस्थाले विभिन्न किसिमका प्राकृतिक प्रकोप,भुकम्प तथा महामारीमा काम गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *