#HELP #BOOST मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्वारको लागि गुहार मागिरहेका छन्

#HELP #BOOST
मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्वारको लागि गुहार मागिरहेका छन्

। उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्वार गर्नुपर्ने देखिएको छ ।
-photo:keshav raj paudel(fb)

असार 2 सिन्धुपाल्चोक l सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित लार्के र याङ्ग्रीमा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासका क्षेत्रमा ठुलो जोखिम बढेको बताइएको छ ।

पहिरोका कारण इन्द्रावती नदी थुनिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले रातोपाटीलाई बताए । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो । ३ दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ । तिपेनी बजार नजिकै रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामबाट पानी ओरभफ्लो भएको छ ।

तिपेनी बजारमा खास क्षति नभएको तर, आसपासमा धेरै क्षति भएको गाउँपालिका अध्यक्ष लामाले बताए ।  ‘भीषण बाढीका कारण  भागाभाग भएको छ’ अध्यक्ष लामाले भने– ‘सबैलाई सुरक्षित बस्न आग्रह गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *