राजाले यस्तो ट्विट गरेपछि नेताहरुलाइ पार्‍यो धर्मसंकट, मच्चियो खैलाबैला !

medianewskhabar // असार  काठमाडौ  : पूर्वराजा ज्ञानेन्द्र शाहले वर्षातको कारण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि दु:ख व्यक्त गर्दै एक सन्देश जारी गरेका छन ।

उनले भनेका छन , ‘देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति हामी कहाँ आइपरेको छ।’शाहले भनेका छन्, ‘हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ।’

साथै उनको सन्देशमा भनिएको छ , ‘मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तीब्र बर्षात आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ। प्राकृतिक विपत्ति

सबैको चिन्ताको विषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भिर ध्यान जानु पर्ने देखिन्छ।’शाहले भनेका छन्, ‘अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस भन्ने हाम्रो आग्रह छ।’

जब जब देशमा संकट पर्छ तब पूर्व राजा ज्ञानेन्द्र शाहले यसरी दिने सन्देशले नेपाली जनतालाई थोरै भए पनी सान्त्वना मिल्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *