नेपाल चेम्वर अफ कमर्सद्वारा बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण

काठमाडौं-नेपाल चेम्वर अफ कमर्सले हालैको भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । चेम्बरले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा घरवारबिहीन हुन पुगेका बाढि पिडितलाई राहत हस्तान्तरण गरेको हो ।यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ ।

उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरे ।उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

अध्यक्ष मल्लबाट गहिरो दु: ख व्यक्त:नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले उक्त क्षेत्रमा जनधनको क्षती पुग्न गई त्यस क्षेत्रका बासिन्दाहरु घरवारबिहीन हुन पुगेकामा गहिरो दुख समेत व्यक्त गरेका छन् । बाढिमा परी असामयीक निधन भएकाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *