ओलीको बोली भारतभर एकाएक भाइरल बनेपछि प्रधानमन्त्री दंग

medianewskhabar//अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार दिएको अभिव्यक्तिले भारतसम्मै चर्चा पाएको छ । उक्त कुरा भारतभर भाइरल बनेको छ । ओलीले योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै योगको उत्पत्ति नेपालमा भएको बताएका थिए । प्रधानमन्त्री ओलीको बोलीलाई बीबीसी हिन्दीले ट्विटरमा राखेको छ ।

ट्विटरमा राख्दै बीबीसी हिन्दीले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री केपी ओलीले भनेका छन् कि एक राष्ट्रको रूपमा भारत अस्तित्वमा आउनुभन्दा कैयौं अगाडि योग नेपालमा प्रचलनमा थियो । योगको उत्पत्ति भारतमा भएको होइन । योगको उत्पत्ति नेपालमा भएको थियो । तर हामीले योगको खोज गर्ने हाम्रा सन्तलाई कहिल्यै श्रेय दिएनौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *