ईश्वरलाल प्रतिष्ठानबाट २० जना बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौं-ईश्वरलाल प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् ।

प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।ईश्वरलाल प्रतिष्ठान नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष एवम् प्रतिस्ठित उद्योगपति स्वर्गिय इश्वरलाल श्रेष्ठको स्‍मृतिमा स्थापित सामाजिक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *