असार १५ को अवसरमा फेसियल हाउसबाट नायिकाको फोटो सुट

काठमाडौं । सौन्दर्यलाई विशेष महत्व साथ हेर्दै आएको फेसियल हाउसले असार १५ को उपलक्ष्यमा माटो थिममा नायिका तथा मोडल करुणा श्रेष्ठको फोटो सुट गरेको छ । फेसियल हाउसले सौन्दर्यको जगतमा आफ्नो बेग्लै पहिचान बनाइसकेको छ ।

उसले आफ्ना सेवाग्राहीलाई सकेसम्म सहज दरमा उत्कृष्ठ सेवा दिँदै आएको हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बताउँछिन् । महरा फेसन शो र फोटो सुटको माध्यमबाट पनि आफ्नो सौंन्दयलाई फिट राख्न सकिने बताउँछिन् । महराले काठमाडौं उपत्यकामा मात्र नभएर विभिन्न मुख्य शहरमा पनि सेवाग्राहीको मागलाई सम्वोधन गर्दै सेवा दिइरहेकी छिन् । असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरिएको फोटो सुुटमा आकर्षक र मनमोहक भएको महराको भनाई छ । टिभी कार्यक्रम प्रस्तोतासमेत रहेकी करुणा मिस कलेज २०११ को विजेता पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *