सानदार जितसँगै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा इक्वेडरलाई ३–० ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।पेर्डाे लुडोभिक स्टेडियममा भएको खेमा अर्जेन्टिनालाई जित दिलाउन रोर्डिगो डे पावल, लाउरेटो मार्टिनेज र लियोनल मेस्सीले एक-एक गोल गरे ।

अर्जेन्टिनाले खेलको ४०औँ मिनेटमा अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि पावलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ८४औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । खेलको इन्ज्युरी समयमा मेस्सीले प्रि–किकमार्फत गोल गर्दै टिमलाई ३–० को जित दिलाए । जितसँगै अर्जेन्टिना सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *