अविनाशलाई खेलकुद पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च बाराले प्रदान गर्ने ‘खेलकुद पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार अविनाश आचार्यलाई प्रदान गरिने भएको छ । शनिबार बारामा बसेको मञ्चको बैठकले आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मञ्चका अध्यक्ष सुनील गाउँलेले २५ हजार रुपैयाँ राशिको सो पुरस्कार सीआईएन र स्थानीय रेडियो सिमरामा कार्यरत आचार्यलाई प्रदान गरिने जानकारी दिए । आउँदो भदौ २७ गते मञ्चको स्थापना दिवसका अवसरमा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने अध्यक्ष गाउँलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *