काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिँदै : २५ सिटमुनिका सार्वजनिक सवारी खुलाउनेबारे छलफल

काठमाडौं । काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थपिने र थप खुकुलो बनाउने तयारी भइरहेको छ । अब २५ सिटमुनिका सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्न दिइने सम्भावना रहेको प्रशासनले जनाएको छ ।

निषेधाज्ञाका विषयमा निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज दिउँसो ३ बजेपछि बस्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार २५ सिटभन्दा मुनिका सार्वजनिक सवारी सञ्चालनबारे छलफल भइरहेको छ ।

यातायात व्यवसायीले असार २१ गतेपछि पनि सबैखाले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय नभए सरकारी निर्णय अवज्ञा गरी सञ्चालन गर्ने चेतावनी दिइसकेका छन् । यसअघि, असार १७ गते प्रशासनका अधिकारीहरुसँग व्यवसायीहरुले २१ गतेसम्म कुर्ने र त्यसपछि चित्तबुझ्दो निर्णय नभए अवज्ञा गर्ने चेतावनी दिएका थिए । हाल २५ सिट क्षमताभन्दा माथिका सवारीसाधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ । उक्त निर्णयप्रति व्यवसायीहरुले आपत्ति जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *