अब राजीनामा दिने पालो राष्ट्रपति भण्डारीको : प्रचण्ड

medianewskhabar // काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मार्गप्रशस्त गरिदिँदा राम्रो हुने बताएका छन्।

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाडेका छन्। अब राष्ट्रपति विद्यादेवी भण्डारीबारे विपक्षी दलले के निर्णय गर्छ भन्नेबारे चासोका साथ हेरिएको छ।

राष्ट्रपति भण्डारीमाथि महाअभियोग लाग्न सक्ने चर्चाबीच माओवादी अध्यक्ष दाहाले अब उनलाई सहज ढंगले काम गर्ने वातावरण बन्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताए।

राष्ट्रविरोधी, संविधान विरोधी कामहरुलाई पनि हस्ताक्षर गरेको, केपी ओलीको कार्यकर्ता जस्तो बनेको भन्दै अध्यक्ष दाहालले उनले अब राजीनामा दिएर मार्गप्रशस्त गर्दा उनकै भलो हुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *