महाभियोग लगाएर राष्ट्रपतिलाई पदच्युत गरिहालौं, यो कुरालाई ठट्टा नठानौंः खगेन्द्र संग्रौला

medianewskhabar // काठमाडौं l लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तुरुन्त महाभियोग लगाई पदच्युत गरिहाल्नु आवश्यक देखिएको दाबी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्रीको नियुक्ति–पत्रमा राष्ट्रपति भण्डारीले देखाएको ‘किर्ते’ले सरकारलाई असहयोग गर्ने लक्षण देखाएको उनको आरोप छ।

‘देउवाको नियुक्ति–पत्रमा नांगो किर्ते कर्म गर्ने/गराउने राष्ट्रपति विद्याले सरकारलाई असहयेग गरी सक्दो सताउने लक्षण देखियो,’ लेखक संग्रौलाले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत सचेत गराउँदै भनेका छन्, ‘सरकारका बाटाको तगारो पन्छाउन यिनलाई महाअभियोग लगाएर पदच्युत गरिहाल्नु आवश्यक ठहरियो। देउवाजी, पर्दा पछाडिबाट गरिने बालकोटे प्रतिशोधलाई ठट्टा नठानौं।’

कांग्रेस सभापति देउवालाई मंगलबार साँझ प्रधानमन्त्रीमा नियुक्ति दिइएको विज्ञप्तिमा राष्ट्रपपितले संविधानको कुनै धारा उल्लेख नगरी ‘अदालतको आदेशअनुसार’ मात्र लेखेपछि केही बेर देउवाले शपथ खान अस्वीकार गरेका थिए। पछि शपथ खुवाउने बेला धारा ७६ (५) अनुसार खुवाउने भनेपछि मात्र उनी तयार भए र तोकिएको समयभन्दा केही ढिला गरी शपथ खाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *