ओली ग्रूपको यस्तो ग’म्भीर सूचना प्रहरीले पाएपछि , माधव नेपालको घरमा ‘हाईअलर्ट’ सुरक्षा !

medianewskhabar // काठमाडौं – नेकपा एमालेभित्र नेता माधवकुमार नेपालले विद्रोह गरेपछि पदमुक्त भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवा आक्रामक भएका सूचना सुरक्षा निकायले पाएका छन् ।

ओली ग्रूपका युवाले जुनसुकै बेला पनि माधव नेपालमाथि आक्रामण गर्नसक्ने खतरा देखिएपछि कोटेश्वरस्थित नेपालनिवासमा हाईअलर्ट सुरक्षा मिलाइएको छ ।

images
images
अध्यक्ष ओलीलाई बुधवार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा ग्रूपले नेपालको घर घेरेर आक्रामक गर्नसक्ने गम्भीर सूचना प्रहरीले पाएको छ ।

ओली ग्रूपका युवालाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन भएको छ । आज बुधबार बालकोट सरेका ओलीले नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका छन् ।

ओलीले नेता माधवकुमार नेपाललाई पार्टीमा प्रवेश निषेध गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका समर्थकलाई सम्बोधन गर्दै ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिए ।

नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने र पार्टीमा ठाउँ नरहेको बताए ।

‘माधव नेपालका पछाडि लाग्नेहरूको सन्दर्भमा उहाँहरूले कमी–कमजोरी महसूस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरूलाई मौका दिन्छौं तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नै छैन ।’

ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दा समेत नेता नेपाललाई अनुशासनहीन र अराजकको संज्ञा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *