प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले राष्ट्रपतिलाई सिकाए पाठ, भयो सर्वत्र प्रशंसा

medianewskhabar // काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीमा अहिलेसम्म पनि एमाले उपाध्यक्षको मुखुण्डो उत्रिएको छैन । आफ्नो पार्टीका अध्यक्षबाहेक अरु कोही पनि प्रधानमन्त्रीको कुर्सीमा बस्नै हुँदैन भन्ने उनलाई लागिरहेको छ ।

त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवासँग सपथ नखाँदैदेखि उनको खटपट सुरु भएको छ । भण्डारीले अहिलेसम्म संविधान र कानुनविपरीतका केपी ओलीका कदमलाई सहयोग गर्दै आएकी थिइन् त l

र, संविधानअनुसार नचल्ने उनको बानीलाई प्रधानमन्त्री देउवाले पहिलो दिन नै गतिलो झापड दिएका छन् । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन् । उनले मंगलबार पनि त्यही सिलसिला दोहोर्याइन् ।

कांग्रेस सभापति देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतको परमादेशमा पनि त्यही उल्लेख छ । तर, भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरी सर्वोच्च अदालतको परमादेशअनुसार भनेर लेखिन् । भ

ण्डारीको यो कदमको देउवाले शीतल निवासमै बसेर प्रतिवाद गरे । जसले गर्दा पर्दा पछाडिबाट खेल्ने केपी ओलीको मुखुण्डो मंगलबार राति नै च्यातियो । देउवाले नियुक्ति पत्र सच्याएपछि मात्रै पद तथा गोपनीयताको सपथ लिए ।

कम्युनिस्ट र कांग्रेसमा कतिसम्म फरक हुन्छ भन्ने कुरा देउवाले राम्रैसँग सिकाएका छन् । कांग्रेस र माओवादी केन्द्रले ओली त्यत्तिकै चुप लागेर बस्दैनन्, शीतल निवासमार्फत खेल्न खोज्छन् भन्ने नबुझेका छैनन् ।

तर, अब ओलीका एक एक षड्यन्त्र भने कांग्रेसले सशक्त रूपमा प्रतिवाद गर्ने संकेत देखिइसकेको छ । देउवाले पहिलो दिन नै शीतल निवासलाई पहिलो पाठ पढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *